दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

,   लिम्बुवान न्युज
                       

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो ।

नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेले आज एक सूचना निकालेर नगर प्रमुख सहित दुई जना वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द हुने भएको जनाएकाे छ ।

केही समय देखि जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु वन्द रहने सूचनामा उल्लेख छ । यसअघि पनि नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि वन्द भएको थियो ।

नगरपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जिवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग  अनुराेध गरेको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने भएकाे छ । नगरवासीहरूलाइर काेराेनाबाट उच्च सतकर्ता अपनाएर दैनिक जीवनयापन गर्न नगरले आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;