प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

 लिम्बुवान न्युज
                       

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका हुन् ।

‘यो महामारीमा सबै नागरिक समस्यामा छन् । प्रदेश सरकार सुरुदेखि नै निरन्तर कोरोना महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ । प्रदेश १ का नागरिक यसमा सबै ढुक्क हुनुहोस् ।’

मन्त्री घिमीरेका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन । कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिन आग्रह गरेका छन् । ‘महामारीसँग सबै लडौं, तपाईहामी आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, साथै उनले, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुने बताएका छन् ।

उता प्रतिपक्षी कांग्रेसले भने प्रदेश सरकारको यो भनाइमा शंका व्यक्त गर्दै संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलग्गी रहेको बताएको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले बोलेर मात्रै केही नहुने बताए । ‘यसअघि त व्यवस्थापनमा लाचार बनेको प्रदेश सरकार संघीयले खुट्टा झिक्दा व्यवस्थापनमा दह्रो होला ?’, कार्कीको प्रश्न छ, ‘प्रदेश सरकारले यसअघि नै व्यवस्थापनमा आफू सक्षम नभएको देखाइ सक्यो । अब होला त भन्नु हास्यस्पद कुरा भएको छ ।’

प्रदेशको राजधानी विराटनगरमा मात्रै हालसम्म ३० जना संक्रमितले ज्यान गुमाइसकेको छ । प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको छ । प्रदेशले कोरोना जनसुरक्षा कोष खडा गरेता पनि रकम संकलन गरे पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...