नोकियाले चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै

,   लिम्बुवान न्युज
                       

फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ ।

नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ ।
नासाले अमेरिकास्थित नोकियाको शाखासँगै अन्य १३ वटा अमेरिकी कम्पनीहरुलाई समेत चन्द्रमामा फोरजी स्थापना गर्ने कार्यक्रमका लागि आफ्नो साझेदारको रुपमा छनोट गरेको छ ।

चन्द्रमामा फोरजी नेटवर्क प्रणाली स्थापना गर्नका लागि नासाले ३७ करोड अमेरिकी डलर खर्च गर्नेछ । त्यसमध्ये नोकियाले १ करोड ४१ लाख डलर पाएको छ ।

नोकियाले विकसित गरेको फोर जी नेटवर्क प्रणालीले चन्द्रमाको सतहमा अधिकतम दुरी समेट्ने तथा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने बताइएको छ ।

नासाका अनुसार चन्द्रमामा स्थापना हुने फोर जी नेटवर्क अन्तरीक्षमा विकसित हुने पहिलो फोर जी कम्युनिकेसन सिस्टम हुनेछ ।
नोकियाको अनुसन्धान विभागको रुपमा रहेको बिल ल्याब्सले आफ्नो ट्वीटर मार्फत यस विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छ ।

चन्द्रमामा फोरजी नेटवर्क स्थापना भएसँगै त्यसले चन्द्रमामा पुग्ने अन्तरीक्षयान तथा अन्तरीक्षयात्रीहरुसँगको सञ्चारलाई प्रभावकारी बनाउनुका साथै चन्द्रमाबाट उच्चगुणस्तरीय भिडियोहरु समेत प्रशारण गर्न सकिनेछ ।

यद्यपि चन्द्रमामा फोर जी नेटवर्क लैजानका लागि नोकियाले गरेको यो पहिलो कोसिस भने होइन । जर्मनीको भोडाफोन कम्पनीसँग सन् २०१८ मा नोकियाले यस्तै खालको एक साझेदारी परियोजनाको घोषणा गरेको थियो । त्यतिबेला सन् २०१९ सम्ममा चन्द्रमामा फोर जी इन्टरनेट प्राप्त हुने दाबी नोकियाको थियो । तर भोडाफोन र नोकियाबीचको उक्त साझेदारी अगाडि बढ्न सकेन ।

एजेन्सी

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;