दमकका २६ सहित झापामा ६४ जनामा कोरोना संक्रमण

 लिम्बुवान न्युज
                       

दमक। दमकका २६ सहित झापामा मंगलबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा भद्रपुरका ९ जना, विर्तामोड नगरपालिकाका १७ जना, अर्जुनधाराका १, बुद्धशान्तिका १, बाह्रदशीका १, कमलका १, मेचीनगरका ४, हल्दीबारीका ३, दमकका २६ र कन्काईका १ जना रहेका छन्।

योसंगै झापामा अब कोरोना संक्रमितको संख्या १४७१ पुगेको छ ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...