ओ ! मेरो प्रिय कवि

 लिम्बुवान न्युज
                       

कविता

                       सुन्दर कुरूप

 

दरबारका पाखुराभरि

खोपिएका छन् जँगबहादुरको नयाँ ट्याटु

शासकहरुको नयाँ कोटको खल्तीबाट

आइरहेछ रगतको आलो गन्ध

इँटाभट्टीको चिम्नीबाट उडिरहेछ

उही बुढो मजदुर धुवाँ

सबैभन्दा ढिलो घाम अस्ताउने

मालिकको कारखानाभित्र

आत्महत्या गरिरहेछ भोकहरुले

इतिहासको निसासिदो पानाभित्र

बडो मुस्किलले सास फेरिरहेछन्

केही अक्षर

साँझमा उम्रिएका जिन्दगी

टुक्राटुक्रा सडकको ऐना हेरेर

टाँसिरहेछ अनुहारमा छरपस्ट आफ्ना नाक, मुख र आँखाहरु

ओ, मेरो प्रिय कवि !

तिमी चै किन चुपचाप छौ

यतिखेर ?

चोक, हाटबजार,

सरकारी कार्यलयछेउ

सिपाही बोकेर उभिरहेछ बन्दुक

न्यायालयछेउ उभिएर बेफिक्री हाँसिरहेछ अपराधी

न्यायाधीश छिनछिनमा फेरिरहेछ चस्माको पावर

आशीर्वादमा तरबार बाँडिरहेछन् धर्मगुरु

पानीलाई बाफ बनाएर बेचिरहेछ उत्तरआधुनिक व्यापारी

मसाज सेन्टरबाट तप्प-तप्त चुहिरहेछ वीर्यको अट्टहास

निरीह आँखाहरू टेकेर हिँडिरहेछ सरकारी गल्ली

जङ्गल हिँडिरहेछ विश्वविद्यालय

खित्का छोडेर हाँसिरहेछ श्रीपेच सत्ता

बगर हिँडिरहेछ नदीहरु

ओ, मेरो प्रिय कवि !

तिमी चै कहाँ

चुपचाप हिँडिरहेछौ यतिखेर

कि, आफूभित्रको कविको हत्या गरेर

पखाली रहेछौ कलममा टाँसिएका रगतका छिर्काहरु

 

हेरेर आनन्दित

हुनलाई त धेरै सुन्दर चिजहरु छन् यो देशमा

जस्तो अग्ला/अग्ला हिमचुली

मनमोहक पहाडी दृश्य

गुराँसको रातो सौन्दर्य

नदी, झरना, तालतलैया

रङ्गीबिरङ्गी फूल

चराचुरुङ्गीको कलात्मक नृत्य,

बेसीका फाँटहरु

देउराली, चौतारी

समग्रमा एउटा सुन्दर देश

तर जब निस्कन्छौ यात्रामा

रुखका पात/पातमा अल्झिएका

निरीह मानिसका आँसुहरुले

सोध्ने छ तिम्रो कविताको ठेगाना

वृद्धघरहरुमा भोकले मुर्झारहेका पेटहरुले

छाम्नेछ तिम्रो कविताको छाती

जोडजोडले चिच्याउनलाई

माग्ने छ तिम्रो कविताको आवाज

ओ ! मेरो प्रिय कवि

यो पृथ्वीमा कसैले पनि चुपचाप बस्न

नसिकोस् तिम्रो कविताबाट !

(कान्तिपुर अनलाइन संस्करणबाट)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;