रेशम चौधरीको रिहाइ लागि जसपाले देशभर अभियान चलाउने

 लिम्बुवान न्युज
                       

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को बुधबार सकिएकाे बैठकले  टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ ।

जसपाले केन्द्रीय समिति ८ सय १ सदस्यीय बनाउने भएको छ । मंगलबार ललितपुरमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी केन्द्रीय समितिमा ८ सय १ सदस्य रहने निर्णय गरेको हो ।

यसअघि केन्द्रीय समिति ७ सय १ सदस्यीय थियो । याे संगै अब केन्द्रीय समितमा  १ सय नयाँ अनुहार थपिने भएकाे हाे ।

जसपाकाे दुइ दिनसम्म बसेकाे बैठकले संघीय परिषद् गठन गरेको छ । जसको अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिइएको छ । संघीय परिषद केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हुने व्यवस्था छ हुँदा अब भने भट्टराईको वरियता पहिलो नम्बरमा हुनेछ ।

जसपाको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने पहिल्यै तय भएको थियो ।
अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।

जसपाका नेता हेमराज राईका अनुसार बैठकले पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको समायोजन आगामी मंसिर मसान्तसम्ममा गरिसक्ने निर्णय पनि गरेको छ । जसका लागि कार्यदल गठन गरिएको छ ।

सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिन हिजो नै सरकारले सांसदहरुलाई दिएको दसैं भत्ता सधैंका लागि खारेज गर्न सरकारसँग माग गर्ने र भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो भने कोरोनाको परीक्षण र उपचार संविधानको धारा ३५ अनुसार निःशुल्क गर्नुपर्ने निर्णय समेत जसपाले गरेकाे छ ।

विगतमा नेता चाैधरीकाे रिहाइकाे लागि पहिचानवादी दल संघीय लाेकतान्त्रिक राष्टिय मञ्च लगायतका अन्य साना दलहरूले समेत राज्यसँग पटकपटक रिहाइकाे माग गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...

माङसेबुङ ‘लिम्बु भाषा’लाई सरकारी कामकाजी भाषा घोषणा गर्ने बन्यो पहिलो पालिका

दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी...

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...