२० वर्षपछि डेढ फिट लामो आइफोन !

,   लिम्बुवान न्युज
                       

काठमाडौं । एप्पलले हालै लञ्च गरेको आइफोन १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चको छ । अर्थात् सन् २००७ मा बजारमा आएको आइफोन भन्दा यसको साइज दोब्बर छ ।

सबैलाई विदितै छ कि स्मार्टफोन बजारमा ठूलो डिस्प्ले भएका डिभाइसहरुको माग बढिरहेको छ र कम्पनीहरु यही आवश्यकतालाई मनन गर्दै ठूला आकारका फ्लागशीप डिभाइसहरु उत्पादन गरिरहेका छन् ।

स्मार्टफोन बजारको यो ट्रेण्डको भविष्यचाहिँ हास्यास्पद देखिएको छ । एक अध्ययन अनुसार यदि यही प्रवृत्ति जारी रहेमा आगामी २० वर्षमा एप्पलका आइफोनको आकार कि बोर्ड अर्थात् म्याकबुक भन्दा पनि ठूलो हुनेछ ।

स्मार्टफोनका पाटपूर्जा बनाउने कम्पनी Wrappz को तर्फबाट एप्पल, सामसुङ तथा अन्य अन्य ठूला स्मार्टफोन कम्पनीहरुका डिभाइसहरुको बढ्दो आकारका बारेमा विश्लेषण गरिएको थियो । उक्त विश्लेषणात्मक अध्ययनले के देखाएको छ भने सन् २००७ मा पहिलोपटक लञ्च भएयता आइफोनको आकार हरेक वर्ष ५ प्रतिशतले बढिरहेको छ ।

यदि यही दरमा आइफोनका नयाँ संस्करणहरु ठूलो-ठूलो हुँदै जाने हो भने आगामी वर्ष सन् २०११ मा आइफोनको आकार महिलाको हत्केला भन्दा ठूलो हुनेछ । त्यस्तै सन् २०२४ मा बजारमा आउने आइफोनको आकार पुरुषको हत्केला भन्दा ठूलो हुनेछ ।

अध्ययन अनुसार आइफोनको आकार यसरी नै बढिरहेमा सन् २०४० मा एप्पलले लञ्च गर्ने आइफोन झण्डै डेढ फिट अर्थात् साढे १७ इन्चको हुनेछ ।

ध्चबउउश ले भनेको छ, ‘क्यामरा क्वालिटीदेखि लिएर टेक्नोलोजी नेटवकर््स् लगायतका कुरामा सन् २००७ को पहिलो आइफोन बाट अहिलेसम्म कैयन् परिवर्तन भएका छन् । यद्यपि सबैभन्दा ठूलो परिवर्तन आइफोनको साइजमा देखिएको छ ।’ अध्ययन अनुसार आइफोन बाहेक अन्य कम्पनीका स्मार्टफोनहरुमा पनि यही प्रवृत्ति देखिएको छ ।

सन् २००७ मा सार्वजनिक भएको पहिलो आइफोनको डिस्प्ले ३.५ इन्चको थियो भने हालै सार्वजनिक सबैभन्दा पछिल्लो आइफोन १२ प्रो म्याक्स त्यसभन्दा झण्डै दोब्बर अर्थात् ६.७ इन्च डिस्प्लेसहितको छ । अर्थात् यसबीचमा आइफोनको आकारमा करीब ९१ प्रतिशतले वृद्धि भएको छ । त्यस अनुसार आइफोनको साइजमा हरेक वर्ष औषतमा ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यद्यपि कतिपय विश्लेषकहरुले भविष्यमा ठूलो आकारका स्मार्टफोनको ट्रेण्ड कायम नहुने दाबी पनि गरेका छन् । उल्लेख्य स्मार्टफोन प्रयोगकर्ताहरु सानो स्क्रिनको फोन मन पराउँदछन् । सायद त्यहीँ भएरै होला एप्पले यसपटक विश्वको सबैभन्दा सानो फाइभ जी स्मार्टफोनका रुपमा आइफोन १२ मिनी समेत ल्याएको छ । यसले आगामी २० वर्षमा एप्पलको आइफोन डेढ फिटको हुनेछ भन्ने दाबीले फेल खान सक्दछ भन्ने अनुमान समेत गर्न सकिन्छ ।

(एजेन्सीकाे सहयाेगमा अनलाइन खबर)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;