२० वर्षपछि डेढ फिट लामो आइफोन !

 लिम्बुवान न्युज
                       

काठमाडौं । एप्पलले हालै लञ्च गरेको आइफोन १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चको छ । अर्थात् सन् २००७ मा बजारमा आएको आइफोन भन्दा यसको साइज दोब्बर छ ।

सबैलाई विदितै छ कि स्मार्टफोन बजारमा ठूलो डिस्प्ले भएका डिभाइसहरुको माग बढिरहेको छ र कम्पनीहरु यही आवश्यकतालाई मनन गर्दै ठूला आकारका फ्लागशीप डिभाइसहरु उत्पादन गरिरहेका छन् ।

स्मार्टफोन बजारको यो ट्रेण्डको भविष्यचाहिँ हास्यास्पद देखिएको छ । एक अध्ययन अनुसार यदि यही प्रवृत्ति जारी रहेमा आगामी २० वर्षमा एप्पलका आइफोनको आकार कि बोर्ड अर्थात् म्याकबुक भन्दा पनि ठूलो हुनेछ ।

स्मार्टफोनका पाटपूर्जा बनाउने कम्पनी Wrappz को तर्फबाट एप्पल, सामसुङ तथा अन्य अन्य ठूला स्मार्टफोन कम्पनीहरुका डिभाइसहरुको बढ्दो आकारका बारेमा विश्लेषण गरिएको थियो । उक्त विश्लेषणात्मक अध्ययनले के देखाएको छ भने सन् २००७ मा पहिलोपटक लञ्च भएयता आइफोनको आकार हरेक वर्ष ५ प्रतिशतले बढिरहेको छ ।

यदि यही दरमा आइफोनका नयाँ संस्करणहरु ठूलो-ठूलो हुँदै जाने हो भने आगामी वर्ष सन् २०११ मा आइफोनको आकार महिलाको हत्केला भन्दा ठूलो हुनेछ । त्यस्तै सन् २०२४ मा बजारमा आउने आइफोनको आकार पुरुषको हत्केला भन्दा ठूलो हुनेछ ।

अध्ययन अनुसार आइफोनको आकार यसरी नै बढिरहेमा सन् २०४० मा एप्पलले लञ्च गर्ने आइफोन झण्डै डेढ फिट अर्थात् साढे १७ इन्चको हुनेछ ।

ध्चबउउश ले भनेको छ, ‘क्यामरा क्वालिटीदेखि लिएर टेक्नोलोजी नेटवकर््स् लगायतका कुरामा सन् २००७ को पहिलो आइफोन बाट अहिलेसम्म कैयन् परिवर्तन भएका छन् । यद्यपि सबैभन्दा ठूलो परिवर्तन आइफोनको साइजमा देखिएको छ ।’ अध्ययन अनुसार आइफोन बाहेक अन्य कम्पनीका स्मार्टफोनहरुमा पनि यही प्रवृत्ति देखिएको छ ।

सन् २००७ मा सार्वजनिक भएको पहिलो आइफोनको डिस्प्ले ३.५ इन्चको थियो भने हालै सार्वजनिक सबैभन्दा पछिल्लो आइफोन १२ प्रो म्याक्स त्यसभन्दा झण्डै दोब्बर अर्थात् ६.७ इन्च डिस्प्लेसहितको छ । अर्थात् यसबीचमा आइफोनको आकारमा करीब ९१ प्रतिशतले वृद्धि भएको छ । त्यस अनुसार आइफोनको साइजमा हरेक वर्ष औषतमा ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यद्यपि कतिपय विश्लेषकहरुले भविष्यमा ठूलो आकारका स्मार्टफोनको ट्रेण्ड कायम नहुने दाबी पनि गरेका छन् । उल्लेख्य स्मार्टफोन प्रयोगकर्ताहरु सानो स्क्रिनको फोन मन पराउँदछन् । सायद त्यहीँ भएरै होला एप्पले यसपटक विश्वको सबैभन्दा सानो फाइभ जी स्मार्टफोनका रुपमा आइफोन १२ मिनी समेत ल्याएको छ । यसले आगामी २० वर्षमा एप्पलको आइफोन डेढ फिटको हुनेछ भन्ने दाबीले फेल खान सक्दछ भन्ने अनुमान समेत गर्न सकिन्छ ।

(एजेन्सीकाे सहयाेगमा अनलाइन खबर)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...