भिम केरुङको ‘रातो भुइँ’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक। झापाकाे कमल गाउँपालिका वडा नम्बर ७ गेउरिया निवासी भीम केरुङद्धारा लिखित ‘रातो भुइँ’ ؙ पुस्तक बुधबार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । नेपाली समाज र राजनीतिलाई समेटेर लेखक केरुङले तयार गरेको पुस्तकको बुधबार जिल्लाको शिवसताक्षीस्थित झिलझिलेमा संक्षिप्त कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

पुस्तकको प्रकाशक गणेशप्रसाद लिम्बूले झोडा आन्दोलनका अग्रज देउकुमार राईलाई पुस्तक दिएर सार्वजनिक गरिएको लेखक केरुङले बताए ।
तत्कालीन नेपाल भूतपूर्व सैनिक संघ पाँचथरका सभापति समेत भएका राईकै नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा भूपू सैनिकलाई बसोबास दिलाउन सहयोग पु¥याएका थिए । पुस्तकमा लेखकले भूपू सैनिकहरु कसरी झोडामा आए भनेर उल्लेख गरेका छन् ।

लेखकले विभिन्न दश अध्यायमा ती विषयवस्तुहरुलाई समावेश गरेका छन् । अध्याय १ मा प्राचीन मानव सभ्यता र चिहानबीचको सम्बन्ध, दोश्रोमा पहिचानसहितको संघीय संरचनामा किन मुलुक गएन ? भ्रम र यथार्थ, तेश्रो अध्यायमा समाज रुपान्तरणको एउटा जटिल पक्ष : जातीय विभेद तथा छुवाछूत, चौथो अध्यायमा सरकारी नोकरीमा आरक्षणको सवाल, पाँचौमा किन विवादित बन्यो, आदिवासी रंगशाला ? जस्ता विषयहरुलाई चित्रण गर्न खोजेका छन् ।
त्यसैगरि पुस्तकको छैठौ अध्यायमा लेखकले आफनै ठाउँ हाल कमल गाउँपालिका ७ स्थित विष्णुकठ्ठाका धिमाल जातिको विषयमा र सातौ अध्यायमा स्थानीय कमल ७ कै एउटा नलेखिएको इतिहास जो लालधोन्द्रा झोडाका भूपू सैनिकहरुका बारेमा खोजमूलक अध्ययन सामाग्रीलाई चित्रण गरेका छन् । यस्तै, उनले आठौ अध्यायमा सीतापुरी झोडाकाण्ड एक राजनीतिक स्वार्थ, नवौ अध्यायमा भूमि सम्बन्धी एेनहरुको विश्लेषण र दशाैं अध्यायमा भूमिसुधार असफल हुनुका लक्षणहरु सम्बन्धी आफनो अध्ययन सामाग्रीलाई समावेश गरेका छन् ।

२२६ पृष्ठको सो पुस्तक अघि लेखकले २०५६ सालमा ‘मसंगै फुलेको फूल’ कविता संग्रह निकालेका थिए । त्यस कविता संग्रहको विक्री वितरण साझा प्रकाशनले गरेको थियो ।
साहित्यसंगै वामपन्थी राजनीतिमा सक्रिय लेखक केरुङले यस पुस्तक समाज र राजनीति सम्बन्धी अध्ययन गर्नेका लागि पठनीय भएको दावी गरे ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...