शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

,   लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापा, शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत खुवाइएको छ ।
यो संगै कमाण्डरहरुलाई विभागिय जिम्मेवारी दिने निर्णय समेत एल.भी. केन्द्रीय कमाण्डले जनाएको छ ।
विशेषत अरुण पूर्व नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य निर्माणको निमित्त विगत १५ बर्ष देखि एल.भी.हरु लिम्बुवान भूमि रक्षाको निमित्त विना वर्दी र विना हतियार आन्दोलनरत युवाहरुको समूहलाई लिम्बुवान भोलेन्टियर्स एल.भी. भनेर मञ्चले स्वयम्सेवकको रुपमा नौ जिल्लामा परिचालित गरेको छ ।

मञ्चका केन्द्रीय सचिव तथा एल.भी. प्रवक्ता राजु राईले लिम्बुवान भोलेन्टियर्सहरु भूमि रक्षक भएकाले देश संघीयतामा गएतापनि राज्य सत्ता पुरातन प्रवृधिमा गई पुरानै पञ्चायती शैलीमा शासन सत्ता चलाउने दुस्साहस गरेको हुँदा भोलेन्टियर्सहरुलाई सक्रिय बनाउन सबै स्थानीय स्तरमा कमाण्ड गठनलाई तिब्र बनाएको बताए । त्यसैगरी उनले भने, अब सरकार हरेक ढंगबाट सत्ता संचालनमा चुकि सकेको हुँदा जबसम्म पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्तमा राज्यको पुनःसंरचना हुँदैन एल.भी.हरु लड्न तयार भएको बताए । त्यसैगरी उक्त गठन कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य भिम सुनुवार, पहिचान सदस्य तथा शिवसताक्षी नगर संयोजक प्रकाश लिङ्देन, जिल्ला नेता शुभानसिंह कुरुम्बाङ् त्यसैगरी लिला लावती, अर्जुन लावती, विचारी लावती लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त कमाण्ड गठन कार्यक्रममा उपफिल्ड कमाण्डरहरुमा सन्जीव परियार, रतन सिगु, सञ्जय सिगु, दिल कुमार इङ्नाम चयन भएका छन् भने फिल्ड कमाण्डरहरुमा साजन सेर्मा, राजेन्द्र सेर्मा, सविन चेम्जोङ् नियुक्त भएका छन् । त्यसैगरी उक्त कार्यक्रममा ३५ सदस्य एल.भी. कमाण्ड गठन गरिएको नगर संयोजक प्रकाश लिङ्देनले बताए ।

कार्यक्रम लिम्बुवान भोलेन्टियर्स सिनियर फिल्ड कमाण्डर सुमन सम्बाहाम्फेको अध्यक्षता र सिनियर फिल्ड कमाण्डर बादल राईको संचालनमा सम्पन्न भएको हाे । यो संगै सबै वार्डहरुमा एल.भी. वार्ड कमाण्ड समेत गठन गर्दै जाने नेता लिङ्देनले बताएका छन् ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;