मिक्सन मिभक मञ्चको मोरङ अध्यक्षमा निर्वाचित

दमक,५ पुस । मोरङका शसक्त पहिचानवादी युवा नेता मिक्सन मिभक संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् ! मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले मिभकको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको...

दमकमा राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने 

दमक । झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेलरहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ । प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् । खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ । खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...