स्थानीय समाचार

दमकमा राष्ट्रियस्तरको ब्याटमिन्टन खेल हुँदै

दमक, ५ पुस /झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।बुधबार नमूना कवडहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता बारे जानकारी गराएको हो । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल,प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेल रहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ ।   प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् ।खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा...

सुशिल लिम्बु मोरोहाङको अध्यक्षतामा लिम्बु पत्रकार संघ इलाम गठन

दमक, १७ भदौं । लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति इलामको चौँथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । इलामस्थित नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा आयोजित अधिवेशनको बन्दसत्रबाट सुशिल मोराहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो...

चुलाचुली गाउँपालिकाले सहिद स्मृति पार्क र परिवारका लागि सुविधा दिने

दमक, १५ भदाैं । इलामको चुलाचुली गाउँपालिकाले सशस्त्र युद्धमा मारिएका सहिदहरुको सम्मानमा सहिद स्मृति पार्क निर्माण गर्ने भएको छ । पार्क भित्र सहिदहरुका अर्धकदका शालिक निर्माण गरिनेछ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले दश बर्षे सशस्त्र...