स्थानीय समाचार

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

माङसेबुङ ४ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

दमक, १३ असार । इलाम जिल्ला माङसेबुङ गाउँपालिेका वडा नंं ४ मा तीन दिने महिला उद्घोषण तालिम सम्पन्न भएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रालिको आयोजना तथा वडा नं. ४ को आर्थिक सहयोगमा तीन...

दमक नगरपालिकाकाे बजेट एक अर्ब ४७ करोड पेस

दमक, ११ असार । झापाको दमक नगरपालिकाले  १७औँ नगरसभामा आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब ४७ करोडको बजेट पेस गरेको छ । मंगलबार सभाले अस्वाभाविक आन्तरिक स्रोतको अनुमान गरेर बजेट ल्याएको हो । चालू...