नेपाल स्टार टप ५ का प्रतिस्पर्धी लक्ष्मण लिम्बु धरानमा

 लिम्बुवान न्युज
                       

धरान। सुनसरी चुम्लुङ् हिम धरानमा नेपाल टेलिभिजनबाट प्रसारित वाईवाई नेपाल स्टारको टप ५ मा पर्न सफल लक्ष्मण लिम्बुले आफ्नो प्रस्तुति दिएका छन् ।

“कला र संस्कृतिलाई सम्बृद्धि बनाऔं, गायक लक्ष्मण लिम्बुलाई जिताऊ” भन्ने नाराका साथ चुम्लुङ् हिममा लक्ष्मण लिम्बु जिताउन अभियान तथा प्रसार प्रसार समितिले सांगीतिक कार्यक्रम गरेको हो ।

गायक लिम्बूले विभिन्न गीत गाएर मनोरञ्जन दिएका छन् । उनले आफूलाई नेपाल स्टारको टप ५ बाट ४ हुँदै फिनालीसम्म पु¥याउन दर्शकसँग भोट मागेका थिए ।

वाईवाई नेपाल स्टार जिताउन तपाई स्रोताहरुको हात रहेकोले भोटको अपिल गरेका छन् । गायक लिम्वुलाई भोटिङ गर्ने समय प्रत्येक शनिबार देखि विहिबार राती १२ बजे सम्म रहेको छ । भोटिङ गर्न मोवाइलको मेसेज बक्समा NS07 मा टाईप गरी ३३००१ मा सेण्ड गर्न अनुरोध गर्दै गायक लिम्बुले इ–सेवा, खल्ती र आईएमई पे मार्फत पनि भोट गर्न अनुरोध गरे । त्यसैगरी नेपाल टेलिभिजन एप डाउन लोड गरेर पनि भोटिङ गर्न सकिने कार्यक्रम आयोजकले जनाएको छ ।

सेसेलुङ च्याब्रुङ् क्लव इटहरीले लक्ष्मण लिम्बु जिताउ अभियान कार्यक्रमको आयोजना गरेको हो भने व्यवस्थापन किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले गरेको नगर सदस्य तिर्थ मादेम्वाले बताए ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...