लिम्बुवान मञ्चको फिदीमका २ वटा वार्डमा संगठन विस्तार

 लिम्बुवान न्युज
                       

फिदीम। संघीय लिम्बुवान मञ्च, नेपालको फिदीम नगर कार्य समितिले २ वटा वार्डमा संगठन विस्तार गरेको छ । मञ्चका प्रान्तीय महासचिव संगम खनालको प्रमुख उपस्थितिमा भएको राजनीति अन्तरक्रिया तथा पुर्नगठन कार्यक्रममा सो वार्ड कमिटीहरु गठन गरिएको हो ।

फिदीन नगर वडा नं. ८ मा आइतराज नेम्बाङकाे अध्यक्षतामा वार्ड कमिटी विस्तार गरिएको छ । समितिको उपाध्यक्षमा मुना नेम्बाङ र मानवीर तामाङ, सचिवमा विक्रम नेम्बाङ, सह–सचिवमा तुफान नेम्बाङ, अर्थसचिवमा सकिला नेम्बाङ निर्वाचित भएका छन् भने सदस्यहरुमा विजय नेम्बाङ, सुवास नेम्बाङ, तान्छोहाङ लिम्बु, अम्बर नेम्बाङ, मिलन गुरुङ, रुद्र रुद्र नेम्बाङ, विजय नेम्बाङ, चक्र गुरुङ, सेमीहाङ्मा लिम्बु, रुपेश गुरुङ, निए नेम्बाङ, प्रसान्त नेम्बाङ, धिराज नेम्बाङ र नमुना नेम्बाङ चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा नारायण नेम्बाङ्, पञ्चहाङमा नेम्बाङ र सुनमाया नेम्बाङ्लाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी आजै पान्थरको फेदेन नगरपालिका ५ चोक्मागुको केराबारीमा रमेश सुवेदीको अध्यक्षमा समिति विस्तार गरिएको छ । उक्त समितिको उपाध्यक्ष दाङ्ग नारायण तुम्बापो, सचिवमा खडानन्द सुवेदी, अर्थसचिवमा इन्दीरा सुवेदी चुनिएका छन् भने सदस्यहरुमा युवराज अर्याल, पूर्ण तुम्बापो, बुद्धिमान तुम्बापो, मनोज लिम्बु छन् । सल्लाहकारमा देउकुमार तुम्बापो, देवीप्रसाद भण्डारी र मोतीराज तुम्बापोलाइ जिम्मेवारी दिईएको छ भने वार्ड इन्चार्जमा इन्द्रबहादुर तुम्बापोले जिम्मेवारी पाएका छन् ।

कार्यक्रमहरुमा मञ्चका केन्द्रीय सदस्य देउ कुमार नेम्बाङ्, जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, विद्यार्थी नेता आधार घिमीरे, नारायण नेम्बाङ्, रामचन्द्र नेम्बाङ्, मिलन नेम्बाङ् र सुदाम नेम्बाङकाे उपस्थिति रहेको थियो । कार्यक्रमहरु पान्थर जिल्लाको सिसिओ अभियान अन्तर्गत आयोजना भईरहेको पान्थर जिल्ला कार्य समितिले जनाएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...