लिम्बुवानको पहिलो पदाधिकारी बैठक बस्दै

 लिम्बुवान न्युज
                       

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रथम बैठक बस्ने जनाएको छ । मञ्चको यहि मंसिर २४ र २५ गते धरानमा सम्पन्न तेस्रो प्रान्तीय अधिवेशन पश्चात पहिलो बैठक बस्न लागेको हो ।

संघीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ज्यूको उपस्थितिमा लिम्बुवानको नौ जिल्ला भित्र संगठनलाई मजबुत, शसक्त र सुदृणीकरण गर्दै आगामी कार्यक्रम र चुनाव लक्षिक कार्यक्रमहरुलाई तिब्र रुपमा अघि बढाउने लगायतका महत्वपूर्ण एजेण्डाहरुमा बैठक बस्न लागेको उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले बताएका छन् ।

विगत १६ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सह–अस्तित्व, समुदायिक समाजवाद र इकोइकोनोमीको वकालात गर्दै आईरहेको मञ्चले १०+१ प्रान्त पुनः संरचना गरेमात्र नेपालको संघीयताले पूर्णता पाउने भनी मुद्दामा केन्द्रित लक्षित कार्यक्रमहरु गर्दै आइरहेको छ । अहिलेको सात प्रदेशले पहिचान र अस्तित्व रक्षा नगर्ने भन्दै त्यसको बिरोध गरिरहेको मञ्चले सबै कलस्टरहरुलाई मिलाएर लानको लागि प्रान्तहरु पुनः निर्माण गर्नुपर्ने बताउँदै आएको छ ।

२०६२ सालमा स्थापित भएको मञ्चले सयौं आन्दोलन र कार्यक्रमहरु गर्दै संघीयताको पक्षमा उभिएर लिम्बुवान आन्दोलनलाई उच्चाईमा पुराएको भन्दै यो आन्दोलनलाई रक्षा गर्नको निमित्त पनि पार्टीलाई चलायमान बनाउनलाई समेत यो बैठकले महत्वपूर्ण निर्णय गर्दै संगठन निर्माणमा जोड दिदैं पहिचानको क्रान्तिमा उभिन्न लिम्बुवानबासीलाई अनुरोध गर्नलाई पनि बैठक अपरिहार्य भएको उपाध्यक्ष इम्बुङ्ले बताउनु भएको छ ।

एक दिनमात्र हुने सो बैठक झापाको दमकमा बस्ने पार्टी स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...