नेपालमा भूकम्पको धक्का महसुस

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ पौष । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्प तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको थियो भूकम्प मापन केन्द्रले जनाएको छ ।
चीनको तिबब्तमा गएको ७ म्याच्नेच्युटको भूकम्पले नेपालमा पनि धक्काको महसुस भएको छ । भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए । भूकम्पले प्रदेश नं. १, मधेश, बागमती लगायत प्रदेशहरुमा धक्का दिएको भूकम्प मापन केन्द्रले बताएको छ ।
काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूष हामफालेका थिए । भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन् । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पु¥याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भूकम्पले नेपालमा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
चीनमा भने भुकम्पबाट ५३ जनाको ज्यान गईसकेको चिनीयाँ समाचार संस्था सिन्हवाले जनाएको छ । क्षतिको विवरण भने थप आउँन बाँकीरहेको बताइएको छ । चीनका राष्ट्रपति सि चिन फिङले जनताहरुलाई सुरक्षित रहन सन्देश दिएका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...