ताप्लेजुङमा गोली हान्न आदेश दिने प्रजिअ र प्रहरी प्रमुख विरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता

 लिम्बुवान न्युज
                       

दमक, १५ माघ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबारीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

कानुन व्यावसायी शंकर लिम्बूको नेतृत्वमा आज (मंगलबारं) राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाडौ पुगेर निहत्था जनतालाई गोली हान्ने प्रजिअ शर्मालाई कडा कारबाही गर्न माग गरेको हो ।

त्यसैगरी आन्दोलनमा रहेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू .(१२ गते)ं र प्रदिप मादेन (१५ गते)ंलाई पक्रेर गैर कानुनी थुनामा राखेको विरुद्धमा समेत मानव अधिकार आयोगमा निवेदन र अर्वोच्च अदालतदेखि अन्तराष्ट्रिय मानव अधिकार आयोगहरुमा समेत मुद्धा दर्ता गर्ने तयारी भएको कानुन ब्याबसायी शंकर लिम्बूले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले माघ १३ गते प्रेम विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण बनाउन र सरकारलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...