ललितपुर, १७ माघ। काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्व मनाएको छ। पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायको बिहीबार सोनाम ल्होछार पर्व टुँडिखेलमा उल्लासका साथ मनाएको हो।
प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको हो।विभिन्न ठाउँबाट र्यालीसहित टुँडिखेल पुगेर तामाङ समुदायले नयाँ वर्ष मनाएका हुन्। नेपाल तामाङ घेदुङ संघीय समितिकाे अायाेजनामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभयो ।
टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ल्होसार पर्व विस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताउनुभयो।
उहाँले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातीको संस्कृतिको संस्कृति र आन्दोलनको प्रतिबिम्ब भएको समेत बताउनुभयो।ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उहाँको भनाइ छ।उहाँले मौलिक एवं परम्परागत चाडपर्वको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताउनुभयो । तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धुमधामसँग मनाउने चलन रही आएको छ।
देश विदेशमा रहेका तामाङ जातीहरूले अाज साेनाम ल्हाेसार भव्य रूपले मनाएका छन् ।