११औं पवित्रहाङमा कप दमकलाई

 लिम्बुवान न्युज
                       

माङसेबुङ। ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमक झापाले कव्जा गरेको छ । आईबार इलाम माङसेबुङको आत्मानन्द खेलमैदानमा भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि कव्जा गरेको हो ।

दमकको जीतमा निकिता थोकरको एक मात्र गोल नै निर्णायक बन्यो । निकिताले दोस्रो हाफको ११ औं मिनेटमा आकर्षक गोल गर्दै दमकलाई जित दिलाएकी थिइन् ।

उपाधी कव्जा गरेसंगै दमकले नगद पुरस्कार स्वरुप १ लाख १ सय ६५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात दपारेका छन् ।

यसैगरि उपविजेता टिम माङसेबुङले नगद पुरस्कार स्वरुप ५० हजार १ सय ६५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...