११औं पवित्रहाङमा कप दमकलाई

 लिम्बुवान न्युज
                       

माङसेबुङ। ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमक झापाले कव्जा गरेको छ । आईबार इलाम माङसेबुङको आत्मानन्द खेलमैदानमा भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि कव्जा गरेको हो ।

दमकको जीतमा निकिता थोकरको एक मात्र गोल नै निर्णायक बन्यो । निकिताले दोस्रो हाफको ११ औं मिनेटमा आकर्षक गोल गर्दै दमकलाई जित दिलाएकी थिइन् ।

उपाधी कव्जा गरेसंगै दमकले नगद पुरस्कार स्वरुप १ लाख १ सय ६५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात दपारेका छन् ।

यसैगरि उपविजेता टिम माङसेबुङले नगद पुरस्कार स्वरुप ५० हजार १ सय ६५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...