पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी

 लिम्बुवान न्युज
                       

  1. माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा पत्रकार महासंघमा सहभागी हुने निर्णय गरेको हो ।

प्रेस नेपालले योङहाङलाई जिल्ला सचिव पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ । अन्य पदमा भने आगामी बैठकले उम्मेद्वार चयन गर्ने प्रेस नेपाल इलामले जनाएको छ ।

इलामबाट संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक समेत रहेका योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् शिक्षा पत्रकार समूह प्रदेश १ का सदस्य समेत हुन् । उनी काठमाडौंबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददताका रुपमा समेत कार्यरत छन् ।

प्रेस नेपाल इलामका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्य संगठनसँग सहमति र सहकार्यका लागि ३ सदस्यीय संवाद समिति समेत गठन गरेको छ । समितिमा प्रेस नेपालका केन्द्रीय सदस्य राम योङहाङ, जिल्ला अध्यक्ष ज्ञानु केदेम र सहसचिव तारावीर लिम्बू रहेका छन् ।

त्यस्तै बैठकले मुलुकको संविधान एवम् नागरिक अधिकारलाई कुण्ठित गर्ने प्रधानमन्त्री केपी ओलीको पुस ५ को असंवैधानिक कमदमको विपक्षमा उभिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस नेपाल दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रेस नेपालका उपाध्यक्ष कमन देवानले नेपाल पत्रकार महासंघको सबै तहमा प्रेस नेपालले सशक्त हस्तक्षेप बढाउने गरि उम्मेद्वारी दिने बताए ।

सम्बन्धित समाचार

लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको...

घाइते आङदेम्बेलाई प्रतिष्ठानद्वारा आर्थिक सहयोग प्रदान

दमक, ८ चैत्र । शहीद राजकुमार आङदेम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक आङदेम्बेका छोरा साम्योक आङदेम्बेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले गत चैत्र २८ गते गरेको...

‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...