खुवालुङ् फुटाइए चुप लागेर नबस्ने लिम्बुवान भोलेन्टियर्सको चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सरकारले खुवालुङ् फुटाउने कुचेष्टा गरेर चुप लागेर नबस्ने बताएको छ । पूर्व लिम्बुवान र किरात(खम्बुवान)को सिमानामा रहेको खुवालुङ् किरात सभ्यता भएको भन्दै भोलेन्टियर्सले सरकारको कदमको घोर भत्र्सना गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक पार्टीको कार्यक्रममा दुधकोशी, अरुण र तमोर नदीको संगम स्थलमा रहेको खुवालुङलाई फूटाएर पानी जहाज चलाउने उद्घोष गरेसँगै त्यसको विरोध गर्र्दै पूर्वका किरात सभ्यता र संस्कृतिमा आस्था राख्ने विभिन्न जातीय संघ संस्था र आदिवासी जनजाति साहित्यकार महासंघ, जसपा र जनमुक्ति पार्टीले त्यसको विरोध जनाएको थियो ।

भोलेन्टियर्सका केन्द्रीय कार्यवहाक कमाण्डर राजु राईद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत लिम्बुवान र किरात (खम्बुवान)को साझा मुटु खुवालुङ् माथि नश्लवादी राज्यसत्ताले राजनीति गर्न खोजेको आरोप लगाउँदै मञ्च मातहतको युवा शक्ति लिम्बुवान भोलेन्टियर्सले भत्र्सना गरेको हो ।

राज्यले कथमकदाचित खुवालुङलाई छुने मात्रै चेष्टा गरेमा भोलेन्टियर्स जस्तोसुकै कदम उठाउन बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

यतिवेला एकाएक खुवालुङको चर्चा चुलिएसँगै राजनीति कर्मी, पत्रकार, अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधिहरु सो क्षेत्रमा दिनका दिन जान थालेको स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...