नारी सञ्चार गृहको आयोजनामा दुईदिने खोजमूलक पत्रकारिता तालिम शुरु

 लिम्बुवान न्युज
                       

बिर्तामोड १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ ।
झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले विभेदको शुरुवात जहाँबाट भएको छ त्यहीबाट अन्त्य हुनसक्नेमा जोड दिंदै विभेद प्रारम्भको विन्दु खोज्नुपर्ने धारणा राख्नुभयो ।

राज्यका संरचनाहरुमा महिला सहभागिताको सुनिश्चितता संविधानले नै गरेको उल्लेख गर्दै रिजालले संख्यात्मक सहभागितासंगसंगै गुणात्मकतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भयो । उचित समयमा सान्दर्भिक विषय उठेको बताउँदै रिजालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनले मात्र सही निर्णय दिनसक्नेतर्फ सचेत गराउँदै मतदान गर्दा विवेक पुर्याउन आग्रह गर्नुभयो ।

तालिममा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व, सातै प्रदेशका पालिकाहरुमा (निर्णायक ठाउँ)मा महिलाको सहभागिता, निर्वाचन परिणाममा देखिएका केही सवालहरु, तथ्याङ्कमा अब हुने निर्वाचनका विषयमा छलफल भएको थियो । त्यस्तै महिलाहरुलाई अघि बढ्नका लागि सञ्चारको भूमिकाका विषयमा समूहगत रुपमा धारणा सार्वजनिक गर्दै उक्त विषयमाथि छलफल भएको निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, दिपीन राई, विष्णु मैनाली, खगेन्द्र घिमिरे, विजय बराल लगायतले धारणासहित जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमा रेजिना गौतमले प्रकाश पार्नु भएको थियो ।

 

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...