नालीफुङ्वाको पाँचौं महासम्मेलन शुरु, संस्थापक पदाधिकारीहरुलाई सम्मान गरियो

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको उदघाटन कार्यक्रम भएको छ । आइतबार इलामको धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक पदाधिकारीहरुलाई सम्मान गरिएको छ । पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे, हृदय थेगिम र सचिव भगिहाङ नेम्बाङलाई पान्जुम्भोले सम्मान गरेको छ ।

पान्जुम्भोले संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विगतमा स्थापना दिवसहरुको अवसरमा संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष वनेम विक्रम फागोलाई सम्मान गरिसकेको सचिव योगेश लाओतीले बताए ।

सम्मान गर्ने क्रममा किरात लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजी भाषाको रुपमा माङसेबुङ वडा नं. ५ मा लागू भएसँगै प्रसासनिक फाँटमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा नियुक्ती हुनु भएका किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मालाई पनि सम्मान गरिएको छ ।

यसरी नै पान्जुम्भोको स्थापना दिवसको अवसरमा हरेक वर्ष २ जनालाई प्रदान गर्दै आएको ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ द्वारा किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका अध्यक्ष बाइसकुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओती पुरस्कृत भएका छन् ।

समुद्घाटन कार्यक्रममा अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, समितिका महासचिव काकीराम लाओती, नालीफूङवाका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासम्मेलनमा पान्जुम्भोको मातहत निकाय थुम पान्जुम्भो र पाङभे पान्जुम्भोबाट प्रतिनिधि तथा पर्यवेक्षको रुपमा सहभागि रहेको जनाइएको छ । सोमबार सम्पन्न हुने महासम्मेलनको बन्द सत्रमा पान्जुम्भोको सांगठनीक, आर्थिक प्रगति प्रतिवेदन र भावि कार्य योजनाहरु प्रस्तुत गरेर पारित गरी सकेपछि नयाँ नेतृत्व चयन गर्दै महासम्मेलन सम्पन्न हुने पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले बताए ।

समुद्घाटन कार्यक्रमलाई पान्जुम्भोका उपाध्यक्ष प्रितिमान खालिङले स्वागत गरेका थिए भने कार्यक्रम सचिव योगेश लाओतीको संचालनमा भएको थियो । कार्यक्रमको सभाध्यक्षता पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले गरेका थिए ।

(तस्वीरः माङसेबुङ न्यूजबाट)

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...