लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा)

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको फिदिम ५ को धार्मिकत तथा पर्यटकीय स्थल लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा) कार्यक्रम भएको छ । आज सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सत्रथुम गोश्वारी युमा माङ्हिम परिषरमा यक्वा सेवा (उभौली पुजा) सहित बुधबार विविध कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश नम्बर १ का पुर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा माओवादी केन्द्र, एक नं.प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले चाडै नै १ नं. प्रदेशमा सरकार बदलिने र माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बन्ने दाबि गरेका छन् । प्रमुख अतिथि आङ्बोले लब्रेकुटि–सिलौटी क्षेत्र पाँचथरको महत्वपूर्ण स्थल भएको बताए । मुलुकका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पावन कर्मभूमिको बिकास र प्रबद्र्धन गरी जिल्लाकै अब्बल धार्मिक पर्यटकीयस्थलको रुपमा स्थापित गर्न आफू प्रदेश सरकारमा हुँदा पहल गरेको र आगामी दिनमा पनि निरन्तर पहल गरिरहनेमा जोड दिने आङ्बोले बताए ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ति तुम्बापो, जिल्लास्थित राजनीतिक दल र विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो बिचार राख्नुभएको थियो ।
यसरीनै कार्यक्रममा फिदिमस्थित न्यू बरदान संगीतालयका कलाकारहरुले नृत्य तथा गायन प्रस्तुती प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष खगेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई समितिका सचिव गणेश तुम्रोकले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...