झिलझिलेमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुती हुने

 लिम्बुवान न्युज
                       

झापा, २४ चैत । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ ।

यही चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन् ।

“झापा धेरैपटक आइसकेको,स्टेज चढिसकेको भएतापनि यो चैत २५ गते विशेष हुनेछ “ खरेलले भने । उनी भन्छन् “पहिलोपटक आफ्नो आधिकारिक ब्याण्डसहित प्रस्तुति दिंदैछु । र ब्याण्डको नाम पनि त्यही दिन घोषणा गर्नेछु ।”

यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिएका थिए । नेपालबाट त्यहाँ सहभागी हुने खरेल पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको थियो ।

“कार्यक्रम सांझ ६ बजेदेखी सुरू हुने छ ।” त्यसको लागि आवश्यक तयारी सकिएको र टिकटदर ३०० रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टका मेनेजिड्ं डाइरेक्टर सौजनराज संग्रौलाले वताए ।

२०५६ सालमा निर्दोषी मायालु गीतबाट नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रमोद झापा बनियानीमा स्थायी बासिन्दा हुन् । उनी भोइस अफ नेपालका कोच समेत हुन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...