
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं, २४ चैत । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।
बालुवाटार स्रोतका अनुसार स्थानीय तह निर्वाचनका कारण निर्वाचन आचार संहिता लागू हुनु केही घण्टा समय बाँकी रहँदा मन्त्रिपरिषद्ले विभिन्न २० वटा मुलुकमा राजदूत सिफारिस गरेको हो ।
राजदूत सिफारिस भएकाहरुको संसदीय सुनुवाईपछि उनीहरुलाई जिम्मेवारीमा खटाइने संवैधानिक व्यवस्था छ ।
राजनीतिज्ञहरुबाटः
१. विष्णुपुकार श्रेष्ठ, चीन
२. दानबहादुर तामाङ, दक्षिण अफ्रिकाका
३. शर्मिला पराजुली ढकाल, स्पेन
४. बासुदेव मिश्र, श्रीलंका
५. मिलन तुलाधर, रसिया
६. कैलाश पोखरेल, अष्ट्रेलिया
७. डिल्लीराज पौडेल, मलेसिया
८. शान्ता रिजाल, इजरायल
९. ज्योति प्याकुरेल, दक्षिण कोरिया
१०. प्रा.डा. रामसोगरथ राय यादव, डेनमार्क
११. नवराज सुवेदी, साउदी अरेबिया
१२. नरेशविक्रम ढकाल
परराष्ट्र सेवातर्फबाटः
१३. घनश्याम बन्जाडे– बंगलादेश
१४. सुशीलकुमार लम्साल – इजिप्ट
१५. निर्मलराज काफ्ले– ब्राजिल
१६. दुर्गाबहादुर सुवेदी –जापान
१७. भरतकुमार रेग्मी
१८. हरिशचन्द्र घिमिरे
१९. तीर्थराज वाग्ले
२०. डोरनाथ अर्याल
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...