भुपेन्द्र तुम्बाहाम्फेकाे अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ १ नं. प्रदेश समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, २५ चैत/ याक्थुङ मुन्चइत चोक सयङ कार्यशाला गोष्ठी तथा लिम्बुवान प्रदेश तदर्थ समिति गठन आज सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ चलचित्र निर्देशक नबीन सुब्बा मुसाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भुपेन्द्र तुम्बाहाङ्फेको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ मुन्चइत चोक सयङ १ न. (लिम्बुवान) प्रदेश समिति चयन गरेको हाे ।

समितिको उपाध्यक्षमा इन्दिरा नेम्बाङ र १ जना मनोनित गर्न बाँकी रहेकाे छ । यसरी नै सचिवमा चेतन आङथुप्पो डर, सहसचिवद्धय मिना नेम्बाङ, सुमन कुरुम्बाङ र कोषाध्यक्षमा अनिश लाओती निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः राजन पङ्धाक झापा, रिमा कन्दङ्वा झापा, दीप केरुङ सुनसरी, कृति मिभक सुनसरी, बन्दना फेवदेन मोरङ, नुनाम केरुङ पान्थर, अमिर थक्लुङ संखुवासभा, टि.आर. सेनेहाङ तेरथुम, प्रकाश सावादेन इलाम, मनकुमार योङहाङ इलाम रहेका छन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, संचारकर्मी आन्छुने नसान, मुसाहाङ अम्याङसा, चेतन डर, कलाकार राजकुमार आङ्देम्बे लगायत लिम्बू चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय अध्यक्ष सूर्य प्रकाश चेम्जोङको अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन महासचिव वनेम विक्रम फागोले गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...