कन्काईमा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक प्रशिक्षण सम्पन्न

 लिम्बुवान न्युज
                       

कन्काई, २७ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ ।

कन्काई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताए । उनले पत्रकारहरु अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिए । कनकाई नगरपालिकाको सहयोगमा महासंघले उक्त प्रशिक्षण सञ्चालन गरेको हो ।

कार्यक्रममा महासंघका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका नेता दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल सुष्मा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले मन्तव्य राख्दै अत्यावश्यक विषयमा महासंघले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । तालिमको उद्घाटन शनिबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...