जिम्दार चौंकमा आदिवासीहरुले सिरुवा मेला धुमधाम मनाए

 लिम्बुवान न्युज
                       

झापा, १ बैशाख । झापाको कमल ६ स्थित जिम्दार चोकमा सिरुवा सांस्कृतिक मेला आदिवासीहरुले धुमधामसँग मनाएका छन् । हरेक नयाँ बर्षको दिन मनाईदै आईरहेको सिरुवा मेला यो बर्ष २०७९ को अवसर पारेर यसवर्ष पनि धुमधामका साथ लागेको हो ।

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको सिरुवा मेला यसवर्ष भने जोखिम केहि सहज भएसंगै लगाइएको स्थानीय सत्यनारायण ताजपुरियाले बताए । उनका अनुसार विहानैदेखि मेलामा टाडाटाडाबाट आएका तीर्थालु तथा अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रकृतिपूजक पूर्वका रुपमा मानिने यो पर्व विशेष गरेर आदिवासी ताजपुरियासहित धिमाल, राजवंशी लगायतका जातीले नयाँ बर्षका दिन सामूहिक रुपमा सिरुवा पर्व मनाउदैआएको र त्यसै पर्वको अवसरमा बर्षोदेखि त्यहाँ सांस्कृतिक मेला लाग्दैआएको स्थानीय समेत रहेका नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले बताए ।

उनका अनुसार विहानै त्यहाँको महाराजथानमा पूजाआजा गर्नुका साथै एकापसमा हिलो खेलेर शुभकामना आदानप्रदान गरिएको छ । पर्वमा लाग्दैआएको सांस्कृतिक मेलामा ठुलो संख्यामा दर्शानार्थीहरुको घुईचो लागेको छ । मेलामा स्थानीय घरेलु उत्पादन तथा खेल तमासाहरु राखिएका थिए ।

आदिवासी बाहुल्य रहेको झापा र मोरङको विभिन्न स्थानहरुमा पनि सांस्कतिक मेला लाग्दैआएको छ । (तस्वीरः प्रदेशवाणीबाट)

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...