विदेशीसँग पहिलो गीत गाउने गायक प्रेमध्वज प्रधानको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेपाली सांगीतिक आकाशका धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार ८४ वर्षीय प्रधानलाई छातीमा समस्या देखिएपछि केही दिन अघि सो अस्पतालमा भर्ना गरिएको थियो ।

‘गोल्डेन भ्वाइस’ उपनामले ख्याती कमाएका प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

१६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका प्रधानले ‘यो नेपाली शिर उचाली’, ‘पर लैजाऊ फूलहरु’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘तिमीलाई अचेल कहाँ भेटौं’ लगायतका दर्जनौं चर्चित गीतहरु गाएका छन् ।

चलचित्र ‘माइतीघर’ले नेपाली चलचित्रको ‘नमान लाज यस्तरी’ बोलको गीतका गायक प्रधान विदेशीसँग पहिलो गीत गाउने गायक बन्न पुगेका थिए । प्रधानले सो गीत उषा मङ्गेश्करसँग गाएका थिए । नेपाली सांगीतिक आकाशका धरोहर प्रधानको निधनले सिंगो देश शोक मग्न भएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;