ग्लोबल एनआरएन सिंगिङ आइडल प्रतियोगिताको डिजिटल अडिसनबाट ६० जना छानिए

 लिम्बुवान न्युज
                       

 

लिम्बुवानखबर। ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणबाट ६० जना छानिएका हुन् ।

एनआरएन मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिष्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिष्पर्धा गर्ने छन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिष्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको बताएका छन् ।

साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिनपछि सारिने रेग्मीले बताए ।

‘एनआरएनए अध्यक्ष कुमार पन्तज्यूसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई कोरोना संक्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले केहीदिनपछि परिस्थिति अनुकूल भएपछि ओपनिङ राउन्डमा जाने हाम्रो तयारी छ,’ रेग्मीले भने ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिष्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । प्रतिष्पर्धीले ओपनिङ राउण्डमा म्यूजिक ट्य्राकमा गीत गाउने छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने संयोजक रेग्मीले बताए ।

६० प्रतिस्पर्धीहरुको नामावली तल हेर्नुहोस्ः

१. दिपेश सिग्देल, नर्वे
२. खेमबहादुर बिक, ओमन
३. निपोन लामा, अष्ट्रिया
४. सौरभ पाख्रिन तामाङ, हङकङ
५. शिवबहादुर घाताङस्वाङ, कोरिया
६. बामदेव भट्ट, बहराइन
७. भीमराज गुरुङ, क्यानडा
८. अंकिता घतानी, न्यूजिल्याण्ड
९. दीप्ति थापा, युके
१०. सोनाम महर्जन, हङकङ
११. कपिल पुनमगर, आइरल्याण्ड
१२. ईभा नेपाल, क्यानडा
१३. जिके पूर्ण लिम्बु, बहराइन
१४. कल्पना श्रीपाल, युके
१५. प्रजिता बास्तोला, यूएसए (मेरील्याण्ड)
१६. राजीव थापा, अष्ट्रेलिया
१७. मिङमा तामाङ, साइप्रस
१८. निसान ढकाल, अष्ट्रेलिया
१९. आकाश न्यौपाने, जापान
२०. हिमन राई, कुवेत
२१. पारस आचार्य, अष्ट्रेलिया
२२. प्रतिक शिवा, बहराइन
२३. राधिकाकुमार गोले, कोरिया
२४. आयुषा डोटेल, अष्ट्रेलिया
२५. किशोर लम्साल, कतार
२६. अभिषेक लकान्द्री, युएई
२७. वसन्त बिष्ट, बहराइन
२८. सुमन चेम्जुङ र घनश्याम गुरुङ, कुवेत
२९. नरेन्द्र मल्ल, कतार
३०. शहर विश्व, कुवेत
३१. रेसु स्याङ्दान, बहराइन
३२. रुद्र सुन्दास, युएई
३३. सुरज घर्ती, कोरिया
३४. सतिश थापा, कतार
३५. पवन पौडेल, अष्ट्रेलिया
३६. अभिषेक भण्डारी, अष्ट्रेलिया
३७. तीर्थराज निरौला, जापान
३८. सुरज बिक, कतार
३९. लक्ष्मण दर्जी, कतार
४०. निशान्तकुमार विश्वकर्मा, कतार
४१. गोविन्द गुरुङ, कतार
४२. कविता आरबिएम, यूएई
४३. निमा दोर्जे तामाङ, कतार
४४. रुपक दाहाल, अष्ट्रेलिया
४५. नवराज श्रेष्ठ, कतार
४६. सुन्दर लिम्बु, युएई
४७. अमित बिष्ट, युएई
४८. कृष्ण खवास, युएई
४९. सन्देश गुरुङ, युएसए
५०. इन्दिरा शाह, कतार
५१. समिर भट्टराई, साइप्रस
५२. बिबि मल्ल ठकुरी, कुवेत
५३. योसिका कुँवर, मलेसिया
५४. आयुसा मैनाली र समृद्धि श्रेष्ठ, युएसए
५५. हर्ष भण्डारी, युएसए
५६. श्रेयस श्रेष्ठ, युएसए
५७. दीपा भट्टराई, अष्ट्रेलिया
५८. शर्मिला दर्जी, साइप्रस
५९. देवकी न्यौपाने खत्री, युएई
६०. विशाल श्रेष्ठ, कोरिया

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...