ग्लोबल एनआरएन सिंगिङ आइडल प्रतियोगिताको डिजिटल अडिसनबाट ६० जना छानिए

 लिम्बुवान न्युज
                       

 

लिम्बुवानखबर। ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणबाट ६० जना छानिएका हुन् ।

एनआरएन मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिष्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिष्पर्धा गर्ने छन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिष्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको बताएका छन् ।

साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिनपछि सारिने रेग्मीले बताए ।

‘एनआरएनए अध्यक्ष कुमार पन्तज्यूसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई कोरोना संक्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले केहीदिनपछि परिस्थिति अनुकूल भएपछि ओपनिङ राउन्डमा जाने हाम्रो तयारी छ,’ रेग्मीले भने ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिष्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । प्रतिष्पर्धीले ओपनिङ राउण्डमा म्यूजिक ट्य्राकमा गीत गाउने छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने संयोजक रेग्मीले बताए ।

६० प्रतिस्पर्धीहरुको नामावली तल हेर्नुहोस्ः

१. दिपेश सिग्देल, नर्वे
२. खेमबहादुर बिक, ओमन
३. निपोन लामा, अष्ट्रिया
४. सौरभ पाख्रिन तामाङ, हङकङ
५. शिवबहादुर घाताङस्वाङ, कोरिया
६. बामदेव भट्ट, बहराइन
७. भीमराज गुरुङ, क्यानडा
८. अंकिता घतानी, न्यूजिल्याण्ड
९. दीप्ति थापा, युके
१०. सोनाम महर्जन, हङकङ
११. कपिल पुनमगर, आइरल्याण्ड
१२. ईभा नेपाल, क्यानडा
१३. जिके पूर्ण लिम्बु, बहराइन
१४. कल्पना श्रीपाल, युके
१५. प्रजिता बास्तोला, यूएसए (मेरील्याण्ड)
१६. राजीव थापा, अष्ट्रेलिया
१७. मिङमा तामाङ, साइप्रस
१८. निसान ढकाल, अष्ट्रेलिया
१९. आकाश न्यौपाने, जापान
२०. हिमन राई, कुवेत
२१. पारस आचार्य, अष्ट्रेलिया
२२. प्रतिक शिवा, बहराइन
२३. राधिकाकुमार गोले, कोरिया
२४. आयुषा डोटेल, अष्ट्रेलिया
२५. किशोर लम्साल, कतार
२६. अभिषेक लकान्द्री, युएई
२७. वसन्त बिष्ट, बहराइन
२८. सुमन चेम्जुङ र घनश्याम गुरुङ, कुवेत
२९. नरेन्द्र मल्ल, कतार
३०. शहर विश्व, कुवेत
३१. रेसु स्याङ्दान, बहराइन
३२. रुद्र सुन्दास, युएई
३३. सुरज घर्ती, कोरिया
३४. सतिश थापा, कतार
३५. पवन पौडेल, अष्ट्रेलिया
३६. अभिषेक भण्डारी, अष्ट्रेलिया
३७. तीर्थराज निरौला, जापान
३८. सुरज बिक, कतार
३९. लक्ष्मण दर्जी, कतार
४०. निशान्तकुमार विश्वकर्मा, कतार
४१. गोविन्द गुरुङ, कतार
४२. कविता आरबिएम, यूएई
४३. निमा दोर्जे तामाङ, कतार
४४. रुपक दाहाल, अष्ट्रेलिया
४५. नवराज श्रेष्ठ, कतार
४६. सुन्दर लिम्बु, युएई
४७. अमित बिष्ट, युएई
४८. कृष्ण खवास, युएई
४९. सन्देश गुरुङ, युएसए
५०. इन्दिरा शाह, कतार
५१. समिर भट्टराई, साइप्रस
५२. बिबि मल्ल ठकुरी, कुवेत
५३. योसिका कुँवर, मलेसिया
५४. आयुसा मैनाली र समृद्धि श्रेष्ठ, युएसए
५५. हर्ष भण्डारी, युएसए
५६. श्रेयस श्रेष्ठ, युएसए
५७. दीपा भट्टराई, अष्ट्रेलिया
५८. शर्मिला दर्जी, साइप्रस
५९. देवकी न्यौपाने खत्री, युएई
६०. विशाल श्रेष्ठ, कोरिया

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;