केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, २ बजे शपथ

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली पुनः तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहबिार राती संविधानको धारा ७६ (३) अनुसार मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज (शुक्रबार) २ बजे शपथ गर्ने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ । सपथसँगै उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार नै प्रम ओलीले मन्त्री मण्डल विस्तार गर्ने तयारी रहेको बालुवाटार स्रोतको भनाइ छ । आजै हुने मन्त्री मण्डल विस्तारमा एमालेकै असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई पनि समेटिने तयारी रहेको छ ।

हिजो बिहीबार राति ९ बजेको समयसीमा तोकेर संविधानको धारा ७६ (२) अनुसार प्रधामन्त्रीका लागि दावी गर्न दलहरुलाई दिइएको समयसीमा सकिएलगत्तै राष्ट्रपति भण्डारीले धारा ७६ (३) अनुसार संसदमा रहेका मध्येको ठूलो दलका नेताका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी हुन् । अब उनल ३० दिन भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

यसअघि सोमबार संसदमा विश्वासको मत पाउन नसक्दा ओली स्वतः पदमुक्त भएपछि दलहरुबीच संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको लागि राजनीतिक कसरत भएको थियो ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उनकै पार्टी र नेकपा माओवादी र जसपाको उपेन्द्र–बाबुराम पक्ष लागे पनि एमालेका असन्तुष्ट माधव नेपाल समूह र जसपाका महन्थ–राजेन्द्र पक्षले अन्ततः ओलीकै पक्षमा उभिएदिएपछि संसदीय गणित अपुग भएको थियो भने विभिन्न राजनीतिक प्रयासका बीच समय घर्किएको थियो ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...