चर्चित गायिका तथा ड्रीमगर्ल मेलिना राई, दर्शकले अत्यधिक रुचाएका तस्वीरहरु

 लिम्बुवान न्युज
                       

  • लिम्बुवानखबर

अहिलेकी नेपाली गीतसंगीतकी चर्चित र निकै ब्यस्त गायिका हुन् मेलिना राई । नेपाली पप तथा आधुनिक गायिका मेलिनाको स्वर निक मिठासमय छ, उस्तै राम्री पनि छिन् । उनीद्वारा गाइएका ‘पिरेम नलाउनी‘’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

यस्तै उनले गाएका तिमीले बाटो फे¥यौ रे , अर्कैलाई हे¥यौ रे‘., आसुँ पुछ्ने रुमाल‘, तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ‘, पिरतीको डोरी‘, तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ‘, पत्थर झैँ रैछ तिम्रो मुट‘, सोह्र पुगी सत्रमा, कुटु मा कुटु, पिरिम नलाउनी, ए है माया लगायत धेरै गीतहरु चर्चित छन् ।

आफूले स्वर दिएका गीतहरुमा ‘लिप्सिङ’पनि दिन छायांकनस्थलमा पनि भ्याएसम्म पुग्ने गरेकी मेलिना निकै ब्यस्त हुने गर्छिन् । मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो।

पहिले सिनेमाको पाश्र्व ध्वनी, टेलिभिजन, एमफएममा मात्र भेटिने मेलिनालाई न कसैले चिन्थे, न कसैले बोलाउँथे । तर, ‘कम्मरमाथि पटुकी’ को लोकप्रियताले उनी सार्वजनिक भीडबाट अलप भए पनि एकाएक सेलिब्रेटी पो भइन् ।

‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फे¥यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई झनै चर्चाको शिखरमा पु¥याईदियो ।

उनलाई पछिल्लो समत फुर्सद नै छैन उनी कहिले स्टेजमा, कहिले रेकर्डिङमा ब्यस्त हुन्छिन् । यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने । युट्युवमा हेरौं, मेलिनाको गीतले १० करोड भ्युज नाघेको छ ।

सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो।

आफ्नै बुबाको शब्द रचना तथा संगीत रहेको गीत ‘हिमालको काखमा छ मेरो सुन्दर देश’मा स्वर दिने मौका पाएकी थिइन् । गीतमा मेलिनासहित ७ जनाको स्वर थियो ।

त्यसपछि ०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा मेलिना राई प्रथम भइन् । संगीत क्षेत्रमा उनको नाम गाइँगुइँ सुरु भएको थियो । त्यसपछि झण्डै ७ वर्षसम्म गीतको कोरसमा आवाज दिइन् । तर, उनी कोरसमा मात्र सीमित भइनन् । फाट्टफुट्ट सोलो गीत रेकर्ड गराउन थालिन् । बेलाबेला अग्रज कलाकारहरुका साथमा स्टेज चढ्ने अवसर पाइन् ।

मेलिना अहिले स्टेजमा भन्दा पनि रेकर्डिङमा व्यस्त छिन् । दिनमा ६ वटा गीतसम्म रेकर्ड गराएको अनुभव छ । काम नभएको दिन पनि २–३ वटा रेकर्डिङ पर्छ । उनका अनुसार दिनमा ६ वटासम्म गीत रेकर्ड गराउँदा भने निकै गाह्रो हुन्छ ।

फरक–फरक भाकामा गीत गाउनुपर्ने हुन्छ । फरक–फरक स्टुडियोमा पुग्नुपर्ने हुन्छ । कहिलेकाँही त खाजा खाने समय पनि हुन्न । उनी भन्छिन्, ‘एउटै स्टुडियोमा २–३ भयो र अरु अन्त भयो भने त ठिकै हुन्छ । नत्र त निकै दौडधुप हुन्छ ।’

‘कुटुमा कुटु’ हिट भएपछि मेलिनाले धेरै स्टेजहरुमा आफ्नो प्रस्तुती दिने मौका पाइसकेकी छिन् । नेपालको प्रायः पूर्वी जिल्लाहरुमा उनी पुगिसकेकी छिन् । पश्चिमका पनि केही जिल्लामा उनले आफ्नो स्वर सुनाइसकेकी छिन् ।

विदेशका रहेका नेपालीहरुमाझ पनि उनको आवाज प्रत्यक्ष रुपमा घन्किएको छ । १४ बढि मुलुकमा पुगेर प्रस्तुति दिइसकेकी छिन् । हकङक र कोरिया त ४–४ पटक पुगिसकेकी छिन् । स्टेज कार्यक्रममा पुगेर दर्शकलाई नचाउँदा निकै खुसी हुन्छिन्, मेलिना । भन्छिन्, ‘मेरो गीतमा उपस्थित अडियन्स नाचेको, मेरो स्वरमा स्वर मिलाएको देख्दा निकै खुसी लाग्छ ।’

कुनै समय मेलिनाले आफ्नो खर्च जुटाउन विद्यालयमा पुगेर नृत्य सिकाउने गर्थिन् । दुईवटा स्कुलमा नृत्य सिकाउँदा उनलाई ५ हजार रुपैयाँ आउँथ्यो । भन्छिन्, ‘आफ्नो खर्च आफैं पु¥याउन नृत्य सिकाउँथे । यो रहरभन्दा बाध्यताजस्तै थियो ।’

मामाले ५५ सयमा किनिदिएको साइकल चढेर स्कुलमा पुग्थिन् । मेलिना भन्छिन्, ‘त्यो समय गाडीभाडाको १० रुपैयाँ बचाउनका लागि पनि म साइकलमा नै हिँड्ने गर्थें ।’

अहिले भने मेलिना राईको परिवारले नयाँ घर बनाएको छ । काठमाडौंको गोकर्णमा उनीहरुले नयाँ घर बनाएका छन् । त्यहाँ ठूलो रकम भने मेलिनाको कमाइ परेको छ । मेलिना भन्छिन्, ‘हामी सबै मिलेर नै घर बनाएका हौं ।’

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;