लिम्बु कथानक चलचित्र “सुनौली रुपौली” निर्माण हुने

 लिम्बुवान न्युज
                       

काठमाडौँ, जेठ ३ । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र ’सुनौली रुपौली’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ ।

चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम, साम्माङ्घु, चरिभन्ज्याङ, सुम्हा?लुङ, नाम्फुनयक, तिल्लिजङ, साधुटार लगायतका ठाउँको अध्ययन अवलोकन भइरहेको उक्त चलचित्रका लागि निर्देशक हाङ चेम्जोङ्ले बताए ।

सागर केरुङको लेखन रहेको चलचित्रलाई भिम तुम्बाहाम्फे, पुर्ण सेलिङ र हाङ चेम्जोङको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । हरेक माइतीहरुले आफ्नो चेलीको सुरक्षाको निम्ति माइती पक्षले लिइने रितलाई “सुनौली रुपौली” भनिन्छ । यिनै विषयमा चलचित्रको विषयवस्तु रहेको लेखक केरुङ्ले बताए ।

याक्थुङ फिल्मस प्रा.लि. द्वारा निर्मित चलचित्रमा उपयुक्त कलाकारको छनौट भइरहेको निर्माण पक्षले जनाएको छ । सोमबार लोकेशन हन्टिङ सकिएको चलचित्रको आगामी असोजबाट छायांकन सुरु हुने बताइएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...