सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङकाे मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १५ जेठ । आइतबार (आज) विहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् ।
उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दल, ६ विदेशी सहित १९ जना सवार रहेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...