प्रभासको ‘राधे–श्याम’ फिल्ममा सुटिङ सेटमै १ सय ६ करोड खर्च

 लिम्बुवान न्युज
                       

काठमाडौं। बाहुबली अभिनेता प्रभासको फिल्म ‘राधे–श्याम’का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनको अपोजिटमा पूजा हेगडे छिन् ।

फिल्मको सुटिङ पुरा भइसकेको छ । निर्माताले फिल्मका प्रमुख कलाकारको फस्टलुक पनि सार्वजनिक गरिसकेका छन् । यो फिल्ममा निकै लामो समयपछि प्रभास ‘लभर ब्वाइ’को रुपमा देखिँदैछन् । जसकारण पनि उनका फ्यान निकै उत्साहित छन् ।

फिल्मको बजेटको कुरा गर्ने हो भने यो फिल्म प्रभासको करियरको सबैभन्दा महंगो फिल्ममध्येमा पर्दछ । प्रेम कथाको फिल्म भएकाले निर्माताले फिल्मको सेटका लागि नै सय करोड बढी खर्च गरेका छन् ।

फिल्ममा २६ वटा सेट बनाइनेछ । जसका लागि बजेट नै १ सय ६ करोड छुट्याइएको छ । फिल्म यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गर्दैछ ।

फिल्मको रिलिज अधिकार मेकर्स पेन–इण्डियाले लिएको छ । जसकारण पनि खर्च कति हुन्छ भन्ने हिसाब गरिएको छैन ।

निर्माताहरु प्रभासको लोकप्रियताको अगाडि सयदेखि १ सय ५० करोड बजेट कम हुने दाबी गर्छन् । ‘बाहुबली’ सिरिज पछि प्रभास भारतका सबैभन्दा ठूला स्टार बनेका छन् । जसकारण पनि निर्माताहरु उनीमाथि लगानी गर्न हिचकिचाउदैनन् । (खबरहबबाट)

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...