सरकारी कार्यालय खुल्ने, बजार ३ बजेसम्म खुल्ला

,   लिम्बुवान न्युज
                       

दमक, १४ असार/ जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ । जिल्लास्तरी कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले गरेको निर्णयका आधारमा आज (सोमबार) जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक साताका लागि भोली (१५ असार) देखि लागू हुने उल्लेख छ । हाल व्यापार व्यवसायका लागि दिउँसो १२ बजे सम्म मात्रै खुल्ला छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्धारा जारी आदेशमा मंगलबार देखि बेलुका ३ बजे सम्म व्यापार व्यवसाय सञ्चालन हुनेछ भने सरकारी तथा सार्वजनिक संस्था, बीमा संस्था लगायतका कार्यालयहरुले आलोपालो प्रणालीबाट भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर कार्य सम्पादन गर्न पाउने जनाएकोछ ।

व्यापार व्यवसायको हकमा होटल तथा रेष्टुरेँन्टहरुले यस अघिकै टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउनेछन् भने अत्यावश्यक बाहेकका सवारी साधनहरु बाहेक निजी सवारी साधन, सिटी सफारी र अटो रिक्सा आवश्यक सुरक्षाका मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन् । बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन हुनेछन । यस्ता संस्था संचालन गर्दा न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनीलगायतका कार्यालयले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालय सञ्चालन गर्न अनुरोध गरेकोे छ ।

सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । हवाई यात्रा गरेका/गर्ने यात्रुहरुलाई हवाई टिकट वा बोडिङ् पास देखाएर विमानस्थलसम्म जान तथा विमानस्थलबाट गन्तव्यसम्म जान ट्याक्सि प्रयोग गर्न पाउने निर्णय गरेको छ । धान रोप्ने समय सुरु भएकाले खेत जोत्न प्रयोग हुने ट्रयाक्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;