प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । प्रदेश १ सरकारका प्रमुख पर्शुराम खापुङबाट पेस भएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो ।
प्रदेश सभामुख प्रदीप कुमार भण्डारीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका थिए । बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिकमत कुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्व अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । प्रस्तावहरु बहुमतले अस्वीकृत भएपनि सांसदहरूले ती प्रस्तावहरु फिर्ता लिएनन् ।
यस्तै, असार १ गते बजेट पेस हुने बैठकमा २ बजे प्रदेशसभा बैठकमा उपस्थित हुन सांसदहरुलाई सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व मुख्यमन्त्रीद्धय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक–फरक भए पनि प्रदेश १को विकासमा सबैदल एकताबद्ध भएर अघि बढ्न आग्रह गरे थिए ।
मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम अनुसार नै बजेट आउने प्रष्ट पार्दै सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौँ ?’ मुख्यमन्त्री राईले भने । बजेट तथा नीति कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...