रेशम चौधरी जेलबाटै पार्टी संचालन गर्ने कार्यविधि तयार पार्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव जेलबाटै तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन् ।
पार्टी संचालनका लागि लेबी, क्रियाशिल सदस्यता र कार्य विभाजन लगायत विषयमा छलफल गरी आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन उनले कार्यविधि तयार पारेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन एक कार्यकालका लागि २५ हजार लेवी निर्धारण गरिएको छ । यस्तै क्रियासिल सदस्यका लागि एक बर्षमा २५०, साधारण सदस्यका लागि एक बर्षमा २५ रुपैयाँ लेवी निर्धारण गरिएको रेशमको प्रस्तावमा उल्लेख छ ।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित मेयरले मासिक तलबको १५, उपमेयरले १२, वडाध्यक्षले १० प्रतिशत लेवी बुझाउनु पर्नेछ भने वडासदस्यले मासिक १ हजार रुपैयाँ तोकिएको छ । यस्तै जिल्ला समन्वय समितिका सभापतिले २० प्रतिशत र जिल्ला समन्वय समितिका सदस्यले १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्ने प्रस्तावमा भनिएको छ ।
चौधरीका प्रस्ताव अनुसार पार्टीको आगामी केन्द्रीय कमिटि बैठकले विद्यार्थी, श्रमिक, बुद्धिजिवी, कलाकार र भारतीय श्रमिक समाज संगठन हुने भएको छ । नागरिक विद्यार्थी समाजको संयोजकमा सत्य चौधरीको नाम प्रस्तावित छ भने नागरिक श्रमिक समाजको संयोजकमा रमण चौधरीको नाम अगाडि सारिएको छ । यस्तै नागरिक बुद्धिजिवी समाजको संयोजकमा राम बहादुर चौधरीको नाम प्रस्तावित गरिएको छ ।
नागरिक कलाकार समाजको संयोजक दर्पण कुसुम्या र नागरिक उन्मुक्ति भारतीय श्रमिक समाजको संयोजक ललित ताम्राकारलाई बनाउने रेशमको तयारी छ । संस्थापक चौधरीले कार्यालय सचिवमा रमेश विकलाई अनिवार्य राख्ने भनेका छन् । कैलाली र बर्दियाका मुख्य क्षेत्रका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पनि रेशमको प्रस्तावमा उल्लेख छ ।
कैलालीको टीकापुर क्षेत्रमा रामलाल डगौंरा, रमेश विक, लम्कीमा महेन्द्र उपाध्याय, बौनियाँमा पुश्कल चौधरी, घोडाघोडीमा प्रेम चौधरी, भजनीमा गंगाराम डगौरा, जोशीपुरमा कैलाश चौधरी र धनगढीमा निम प्रसाद चौधरीले हेर्न गरी प्रस्ताव तय भएको छ । यस्तै बर्दियाको राजापुर क्षेत्रमा राम बहादुर बरवरिया र गुलरियामा सोमाई चौधरीलाई जिम्मेवारी तोक्न रशेमको प्रस्ताव छ ।
यस्तै टिकापुर घटनाका राजबन्दी परिवार, पार्टी सदस्य र शिक्षित तथा महत्वपूर्ण व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने रेशमको प्रस्तावमा उल्लेख छ । उन्मुक्ति पार्टीले जितेका ४ पालिकामा टिकापुर घटनाका राजबन्दी परिवारलाई केही न केही राहतको व्यवस्था गर्ने भनिएको छ ।
राजबन्दी परिवारको अवस्था र तीनका बालबालिका के कस्तो अवस्थामा छन्, निःशुल्क अध्ययन तथा उपचारको बन्दोबस्त गर्नु प्रस्ताव गर्ने भनिएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...