सहारा उपचार कोषलाई खनाल परिवारबाट १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान

 लिम्बुवान न्युज
                       


बिर्तामोड, ४ असार । झापा बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गरे ।
खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए ।
खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । पूर्वमै पहिलो पटक गोमेन्द्रमा पत्रकारिता विषयको अध्ययन अध्यापन समेत सुरु भएको थियो । खनालका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।
सहयोग हस्तान्तरण समारोहमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, कार्यसमिति सदस्य स्वस्तिका आचार्य , पत्रकार सन्तोष न्यौपाने, विजय बराल लगायतको सहभागिता थियो । त्यस्तै गणेशप्रसाद–बुध खनालका छोरा बुहारी रुपक–सरु खनाल, उत्तम–गीता खनाल लगायत खनाल परिवारको सहभागिता थियो ।
खनालले परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेकोे बताए । पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार महासंघ झापाले उपचार कोषको स्थापना गरेर धेरै राम्रो काम गरेको भनी उनले प्रशंसा समत गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ६० लाख रुपैयाँ रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...