लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       


काठमाडौं, ११ असार । लिम्बू कथानक नेपाली चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच चलचित्र छायांकन सम्पन्न भएको जानकारी गराइएको हो ।

फाल्गुनन्द फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको उक्त कार्यक्रममा वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पुर्व मेजर जर्णेल होमितकुमार लावती, किरात याक्थुङ चुम्लुङ संघीय सचिव यासेली योङ्हाङ, याक्थुङ मुन् चइत चोक सयङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष भुपेन्द्र तुम्बाहाङ्फे, हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङ, चलचित्र निर्देशक सागर केरुङ्, हाङ् चेम्जोङ, लोकेन सांवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र रीतलाई सागर केरुङ्ले लेखेका हुन भने दिनेश लिङ्देनले निर्देशन गरेका छन् ।

उक्त चलचित्रमा लक्ष्मी योङ्हाङ, बिमला खजुम, तान्छोहाङ इङ्नाम, लेखक केरुङ, यासेली योङ्हाङ, प्रभु कुरुम्बाङ, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, भिम थेबे, पुर्ण सेलिङ, नितु नेम्बाङ, एन्जिला नेम्बाङ, रत्ना लिङ्देन, नन्दु तुम्बापो लगायतको अभिनय रहेको छ ।

चलचित्रको छायांकन सुमन योन्जन, नृत्य निर्देशन दिनेश माङ्मु, शब्द यासेली योङ्हाङ र हर्क मान लिम्बु, संगीत अशोक लोहरुङ, मान तबेबुङ त्यसैगरी सुसन साम्सुहाङ र श्रेयासी चेम्जोङ्ले गीतमा आवाज दिएका छन् । आगामी वालिहाङ तङ्नामबाट प्रदर्शन हुने चलचित्रमा होमितकुमार लावती, आशा नेम्बाङ् र विष्णुकुमार इङ्नाम निर्माता रहेका छन ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...