चलचित्र विकास बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन

 लिम्बुवान न्युज
                       


काठमाडौं, ६ असार । चलचित्र विकास बोर्डमा ६ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका दिएका छन् । संचार मन्त्रालय समन्वय शाखाले शनिबार ६ जनाको आवेदन परेको जनाएको छ । त्यसैगरी मन्त्रालयले आज आइतबारसम्म आवेदन दिन सक्ने जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल, निर्माता तथा अभिनेत्री सुस्मा कार्की लगायतले आवेदन दिएका छन् ।

आवेदन दिने अधिकांश आवेदक अध्यक्षका प्रत्यासीहरु सत्तारुढ दल कांग्रेस निकट फिल्मकर्मी हुन् । उनीहरुले शक्तिकेन्द्रसँग लबिङ गरिरहेको बताइएको छ ।

असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तिर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड राखेर अध्यक्षमा आवेदन दिन सुचना जारी गरेको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...