लिम्बु कथानक चलचित्र “थिम“को पोस्टर सार्वजनिक सँगै चर्चा शुरु

 लिम्बुवान न्युज
                       


दमक, ११ साउन । लिम्बू कथामा आधारित नेपाली चलचित्र ‘थिम’को यतिबेला पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गर्दै यो चलचित्रको चर्चा शुरु भएको हो ।

याक्थुङ् फिल्मस प्रा.लि.को ब्यानमा निर्माण गरिएको चलचित्र आउँदो भदौ महिनामा रिलिज हुने भएको छ । चलचित्रमा लिम्बू सांस्कृतिक कथालाई समेटिएको छ । कथा बस्तु अत्यन्तै उत्कृष्ट भएको भन्दै चलचित्रको चौतर्फी चर्चा चुलिरहँदा चलचित्रका लेखक सागर केरुङ् चलचित्र साच्चिकै उत्कृष्ट बनेको जिकीर गर्छन् । लिम्बु मौलिक कथालाई सरल ढंगबाट चलचित्रमा उठान गरिएको उनले भने ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायांकन गरिएको चलचित्रको निर्देशक यलम्बर खम्बुले गरेका छन् । यस्तै मुख्य साहायक निर्देशक दिनेश माङ्मु, डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । निर्देशक खम्बू लामो समय देखि पहिचान, संघीयता र जातीय आन्दोलनमा जोडिएका व्यक्तित्व हुन् । कलामा रुची रहेता पनि पहिचानको आन्दोलनमा तीन दशक देखि निरन्तर सकृय छन् ।

बिक्रम डिसिले छायांकन गरेको चलचित्रको ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य निर्देशक दिनेश माङ्मु, सहायक नृत्य निर्देशक निङ्वा नेम्बाङ, नृत्य बरदान संगीतालय, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बू, स्वर मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे, शृङ्गार सन्तोस रिजाल, प्रकाश मिलन खड्का, ब्यवस्थापक सुबास केरुङ नुनाम, पृष्ठभूमि ध्वनी÷ध्वनी मिश्रण मनि ताम्लिङ र सम्पादन÷रङ् सयोजन र पोस्टर डिजाइन अनिल कुमार महर्जन रहेका छन ।

लेखक सागर केरूङ, चलचित्र निर्देशक यलम्बर खम्बु (आईदेब राई), कृष्णराज नेम्बाङ, भोजराज साँबाले चलचित्र निर्माण गरेका हुन । चलचित्रको सहायक निर्मातामा सुकुमर मेचे, डिबि खुदाङ, मानबहादुर साबा र नन्दुभाई मेन्याङ्बो छन् ।

चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, आधार घिमिरे, भीमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिवस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राजकुमार इम्बुङ, मनिहाङ इम्बुङ, रामकुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघा खुदाङ, डिल्ली राम खुदाङ, धनबहादुर खुदाङ, बलबहादुर खुदाङ, जितबहादुर खुदाङ्ग लगायतले अभिनय गरेका छन् ।

शिवसताक्षी दुधेस्थित सैनिक भवनमा लिम्बु चलचित्र थेत्लङ फिल्म प्रर्दशनका क्रममा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहङ फियाक, चेम्जोङ बशावाली उत्थान संघका महासचिब जितेन्द्र चेम्जोङ, शिव सतासी ०७ नम्बर वडा अध्यक्ष भवानी चेम्जोङ, भुपू सैनिक संघका सभापति डम्बरसिङ आङ्देम्बे, समाजसेबी तुला बखिम, प्रेम सेर्मा, शिव मेन्यङ्बो, नायिका बिमला खजुम र थेत्लङ फिल्मको निर्माता तथा युबा गायक मनि ताम्लिङले सामुहिक रूपमा तस्बिर सार्वजनिक गरेका थिए ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...