तानियो राताे मत्स्येन्द्रनाथको रथ

 लिम्बुवान खबर
                       

ललितपुर । काेराना भाइरस (काेभिड-१९)काे महामारीले संसार नै तहसनहस भएसँगै नेपालमा पनि लकडाउन गरिएपछि चैतदेखि रोकिएको राताे मत्स्येन्द्रनाथको रथयात्रा आइतबार विधि पूवर्क शुरू गरिएको छ ।

निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

रथयात्रामा सहभागी सबैले मास्क लगाएका थिए भने एकै रङको टिसर्ट लगाएका थिए । धेरैले फेस सिल्ड पनि लगाएका थिए । रथयात्राका क्रममा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

कोरोना भाइरसको महामारीका कारण यसवर्ष छोटो रुपमा जात्रा सक्ने तयारी छ । जात्रामा ठूलो भिड हुने र त्यसले कोरोना संक्रमण फैलिने जोखिम भएको भन्दै गत चैतदेखि जात्रा रोकिँदै आएको थियो । तर जात्रा गर्ने समय घर्किनै लागेको र असोज २ देखि मलमाससमेत सुरु हुने भएपछि स्थानीले छोटो प्रक्रियाबाट रथ यात्रा गर्न दिनुपर्ने माग गर्दै आएका थिए ।

तर समयमा रथयात्राको उचित विकल्प पहिल्याउन नसक्दा स्थानीय युवाहरुले संस्कृित जाेगाउनकाे प्रशासनले निषेधाज्ञाका बाबजुद रथ तानेका थिए । त्यसपछि कर्फ्यू लगाएर क्षमा पूजा गरी रथयात्रा छिटो टुंग्याउने बाटो खोजिएको थियो ।

अब ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुनेछ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रक्रियाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।

रथ तान्ने दिन आइतबार ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र प्रशासनले सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र मत्स्येन्द्रनाथको जात्रासँग सरोकार राख्ने विभिन्न संघसंस्थाका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको थियो ।

तर, प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचीमा ४ सय ३४ जना थिए । स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिएको हो । (स्राेतबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...