कन्काइमा एकै घरका‌‌ १० जनामा कोरोना संक्रमण

 लिम्बुवान खबर
                       

झापा। झापाकाे कन्काइ नपामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं. ३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।

झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको सम्भवत् यो पहिलो घटना हो । नगरप्रमुख पोखरेलका अनुसार १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई समेत कोरोना पुष्टि भएको छ। घरमा सबैलाई कोरोना संक्रमित भएपछि कनकाई नगरपालिकाले होम‌ आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्‍याएको छ। नगरप्रमुख आफैं खाद्यान्न सामग्री पुर्‍याएका हुन् ।

नगरप्रमुख पोखरेलले अस्पतालमा रहेकाका लागि पनि आवश्यक सामग्री पठाइएको बताए । कनकाई नगरपालिकामा कोरोनाबाट  सबैभन्दा बढी वडा नम्बर ३ प्रभावित भएको नगरपालिकाले जनाएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना होम(आइसोलेसन, १ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अर्का एक जना इलाम नगरपालिकाले स्थापना गरेको नगरस्तरीय आइसोलेसनमा रहेका नगरप्रमुख पोखरेलले बताए।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...