उपत्यकाका बन्द रहेका सिनेमा घर खुले

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट बन्द रहेका सिनेमा घरहरु खुलेको छ । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु बधबारबाट सञ्चालनमा आएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानेर उपत्यकामा सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै सिनेमा घरहरु संचालनमा आएका छ ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने साथै सिनेमा घरहरुले मापदण्ड पालना भए एन नभएको प्रशासनले अनुगमन गर्ने जनाइएको छ ।

विगत साढे ४ महिनादेखि कोरोनाको दोस्रो लहरसँगै बन्द रहेका सिनेमा घरहरुले तत्काललाई नयाँ चलचित्रहरुको अभाव हुनेभएको छ । प्रशासनले हल खोल्ने अनुमति दिएतापनि चलचित्र निर्माहरुले प्रदर्शन मिति तय नगरेको हुँदा हलहरुमा नयाँ चलचित्र प्रदर्शन नहुने देखिन्छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...