दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को छायांकन शुरु हुने

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ भदौं । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’ नेपाली भाषा हत्या, हिंसा र अपहरणमा आधारित रहेको निर्माण टिमले जनाएको छ ।

दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ्, पाँचथर, इलाम र धनकुटाको रमणिय स्थलहरुमा हुने जनाइएको छ । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यकाको आसपासमा छायांकन गरिने छ बताए । हाल दुबै चलचित्रको वर्कशप चलिरहेको निर्देशक लिङ्देनले बताए ।

यी दुवै चलचित्रमा कलाकारहरु एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खड्का, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतको अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

मिकहाङ् लिङ्देन र सुदिता लिङ्देनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मनी ताम्लिङ, विक्रम पयांगु र दीपक नेपाली रहेका छन् । यि दुवै चलचित्रको कथा निर्देशक तथा कलाकार सागर केरुङ्ले लेखेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;