प्याव्सनको दमक नगर अध्यक्षमा पुनः जनार्दन मैनाली

 लिम्बुवान न्युज
                       

दमक, ३१ भदौ/ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याव्सन) दमक नगर समितिको अध्यक्षमा पुनः जनार्दन मैनाली निर्वाचित भएका छन् । निर्वाचित मैनाली तेश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन् ।

यस्तैगरी सर्वसम्मत रुपमा भएको समितिमा उपाध्यक्ष सन्तोष दाहाल, सचिव नविन योगी, कोषाध्यक्षमा सुर्यबहादुर कटवाल चुनिएकाछन् भने सदस्यहरुमा क्रमशः प्रविण पाठक, एजिला सिटौला र मित्र खत्री चयन भएका छन् ।

यसरी नै आगाभी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा प्रेम ओझा, समिर घिमिरे र डिल्ली न्यौपानेलाई चयन गरिएको जनाईएको छ । प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मैनालीले सबैले आफुलाई सर्वसम्मत रुपमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्दै दमकमा प्याप्सनलाई अझ दर्बिलो र रचनात्मक बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...