मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ

 लिम्बुवान न्युज
                       

ललितपुर, ६ भदौं । झापा विर्तामोडका मेडिकल व्यसायी दुर्गा प्रसाई आइतबार अपराह्न पक्राउ गरेको छ । भक्तपुरस्थित आफ्नै घरबाट प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको उजुरी परेपछि सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले गत बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले त्यसको विरोध गर्दै खारेज हुनुपर्ने विभिन्न संचारमाध्यमहरु मार्फत बताइरहेका थिए ।

प्रसाईको समर्थकले शनिबार साँझ देशको विभिन्न स्थानहरुमा मशाल जुलुससमेत निकालेका थिए । आइतबार दिउँसो भक्तपुरस्थित प्रसाईंको घरमा साइबर ब्युरोका प्रहरीहरू पुगेका थिए । त्यसबेला उनले गेट खोल्न मानेका थिएनन् । भ¥याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिनुपरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ गरेर साइबर ब्युरो ल्याइसकेपछि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफू शरीरमा एक थोपा रगत रहुन्जेल लडिराख्ने अभिव्यक्ति दिएका थिए । प्रसाईंविरूद्ध साइबर ब्युरोमा व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेपछि प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताए । प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेकोले सोहीअनुसार अब अनुसन्धान अघि बढ्ने उनले बताए । ब्युरोले प्रसाईंलाई यसअघि पनि आपत्तिजनक अभिव्यक्ति नदिन पटकपटक सचेत गराउँदै आएको जनाएको छ ।

साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

 

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...