अविरल बर्षाले १७० को मृत्युुः ४३ जना अझै बेपत्ता

 लिम्बुवान न्युज
                       

ललितपुर, १३ असोज । शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा गएको पहिरोमा पुरिएर बस तथा हाइस सवार ३५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

अविरल परेको पानीका कारण बाढी तथा पहिरोमा परेर एक सय ११ जना घाइते भएका छन् । घाइतेहरुको सरकारले निःशुल्क उपचार भइरहेको जनाएको छ ।

करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको गृहमन्त्रायलले जनाएको छ । आइतबार मात्र काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यन्न लगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ । साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने सरकारले जनाएको छ ।

सरकारले सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध सडकहरुलाई तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको गृहमन्त्रालयले सूचना जारी गरेको जनाएको छ । साथै प्रदेश सरकार, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तह मार्फत बनेको समितिसमेत सबै निकायहरु खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको समेत जनाएको छ ।

 

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...